काठमाडौं – बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा झरेको छ। आज दिनभरिमा ३३९ कम्पनीको ५६ करोड ४३ लाख २८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका दुईवटा समूह बढेका छन् भने एउटा घटेको छ। आज व्यापार समूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.६१ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ८२ कम्पनीको शेयरमुल्य बढेको छ भने १७६ वटाको घटेको छ। आज १२ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij