२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिइडिबी होल्डिङ्सको नाफा ४७ करोड ३५ लाख

सिइडिबी होल्डिङ्सको नाफा ४७ करोड ३५ लाख

715
Shares

काठमाडौं– सिइडिबी होल्डिङ्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म  ४७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३४.१४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले ४८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी पोहोरको तुलनामा २७.८७ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ३८ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिसम्म कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेकोमा कमपनीको रिटेन्ड अर्निङ भने ७४ करोड ३९ लाख रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको इपीएस ४५.५१ रुपैयाँबाट बढेर ६१.०५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५७.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.४६ गुणा र तरलता अनुपात ६३.५० प्रतिशत रहेको छ ।

कम्पनीको कुल सम्पत्तिको भ्यालु १ अर्ब ९६ करोड ३४ लाख रुपैयाँबाट बढेर २ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij