२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

1.2K
Shares

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे भाग्दै गरेको अवस्थामा पक्राउ परेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई सिन्धुलीबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार उनी आफुले प्रयोग गर्ने मोबाईल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्था थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीको सहयोगमा सिन्धुली कमलामाई नगरपालिका वडा नं ६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सवारी चेकजाँचको क्रममा उनलाई हिजो राति ८ बजे बजेको समयमा पक्राउ गरी अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ ।

स्मार्ट सेल प्रकरणमा थप अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्मार्ट सेलको लाईसेन्स खारेज भएपछि स्वत सरकारको नाममा जानु पर्ने सम्पत्ति बैंकले मिलेमतोमा लिलाम गरेर सरकारलाई हानी नोक्सानी पुर्याएको विषयमा सीआईबीले छानबिन गरिरहेको छ। सोहि अनुसन्धानको क्रममा सीइओ पाण्डे पक्राउ परेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij