२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरको नाफा घट्यो

अरुण भ्याली हाइड्रोपावरको नाफा घट्यो

715
Shares

काठमाडौं– अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १३ करोड ३६ लाख ८५ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.९० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने सामान्य बढेको छ । गत आवको चैत मसान्तसम्म १९ करोड ७४ लाख रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको यो कम्पनीले चालु आवको चैत मसान्तसम्म १६.०५ प्रतिशत वृद्धि गरी २२ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४.४१ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ११०.७१ रुपैयाँ, पीई रेसियो ६५.८० गुणा र तरलता अनुपात ४०.७९ प्रतिशत रहेको छ ।

कम्पनीको डिप्रिसियसन (भौतिक सम्पत्ति)र एमोर्टाइजेसन (अभौतिक सम्पत्ति) खर्च बढ्दा नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको यस्तो खर्च ६ करोड ८६ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ५.८० प्रतिशत बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij