२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल र श्रीलंकाबीच क्रस-बोर्डर क्युआर भुक्तानीको सुरुवात

नेपाल र श्रीलंकाबीच क्रस-बोर्डर क्युआर भुक्तानीको सुरुवात

695
Shares

काठमाडाैं – अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लिङ्कपे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर क्युआर भुक्तानीको थालनी भएको छ ।

उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्ट आइपीएस वा अन्य मोबाईल बैंकिङ्ग एप मार्फत श्रीलंकामा रहेका ४ लाख भन्दा बढी लङ्का क्युआर मर्चेन्टहरुमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ नेपाल, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लन्कापे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरिएको हो ।

यस सुरूवातलाई दक्षिण एशियाली देशहरु बीचको डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताको लागि एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरु प्रदान गर्दै दुइ देश बीच भुक्तानी इकोसिस्टमलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij