काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ३९.४४ प्रतिशतले घटेर २७४४.४० को विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ५.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंक घटेको छ। बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। आज म्युचुअल फन्ड समूह बढ्दा व्यापारमा सर्वाधिक २.३३ प्रतिशतको गिरावट आएको छ।
यो दिन बजारमा १३ कम्पनीको शेयरमुल्य बढ्दा २५१ कम्पनीको शेयरमुल्य घटेको छ। आज ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij