२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ३९.४४ अंकले घट्यो

नेप्से परिसूचक ३९.४४ अंकले घट्यो

710
Shares

काठमाडौं– नेप्से परिसूचक आज मंगलबार ३९.४४ अंकले घटेर २७४४.४० को विन्दुमा कायम भएको छ। आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड माथिको शेयर कारोबार भएको छ । बजार घट्दा आज १३ मध्ये १२ उपसूचक राताम्मे बनेको छ भने म्युचुअल फण्ड मात्रै ०.१९ प्रतिशतले वृद्धि भएको छ।

यस दिन फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १२.४० प्रतिशतले घटेको छ। कुमारी धनवृद्धि योजनाको ८.२९ प्रतिशत, झापा इनर्जीको ६.८९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.११ प्रतिशत र होटल फरेष्ट इनको ६.१० प्रतिशतले शेयरमूल्य घटेको छ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij