२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्ट्सको खुद नाफा बढ्यो

शिवम् सिमेन्ट्सको खुद नाफा बढ्यो

805
Shares

काठमाडौं–  शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। निर्माण क्षेत्रमा देखिएको सुस्तताका बीच कम्पनीको बिक्री आम्दानीमा केही गिरावट आए पनि खुद नाफामा भने उत्साहजनक वृद्धि देखिएको छ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६१ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले यो अवधिमा १ अर्ब १४ करोड रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको खुद आम्दानी १ अर्ब ३८ लाख रुपैयाँ रहेको थियो ।

खर्च नियन्त्रणमा भने कम्पनी सफल भएको छ । अघिल्लो आवमा ६५ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ५४ करोड ८३ लाखमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३४.०१ रुपैयाँ र तरलता अनुपात १.७० प्रतिशत कायम भएको छ ।

कम्पनीले सेयर प्रिमियम शिर्षकमा ९५ करोड ६२ लाख छुट्टाएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब २७ करोड र कुल चालु दायित्व २ अर्ब ५१ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij