काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रशासन सेवाअन्तर्गत सहायक निर्देशक (अधिकृत तृतीय) पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा १३ जना कर्मचारीलाई बढुवा गरेको छ । मानव संसाधन व्यवस्थापन विभागद्वारा प्रकाशित सूचना अनुसार विभिन्न विभाग तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सहायक निर्देशक पदमा बढुवा गरिएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij