काठमाडौं – साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ६.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij