काठमाडौं– नेपाली बजारमा बैशाख २८ गते सोमबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आजचाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij