२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

छ्‌याङदी हाइड्रोपावरको खुद नाफा १ करोड ८८ लाख

छ्‌याङदी हाइड्रोपावरको खुद नाफा १ करोड ८८ लाख

945
Shares

काठमाडौं – छ्याङदी हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड २ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३४.८१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ९४ लाख आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ८३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ७७ करोड ३९ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ३८ लाख र कुल चालु दायित्व १ करोड ९५ लाख रहेको छ ।

कम्पनीको प्रशासनिक खर्च ८८ लाख ७४ हजार रुपैयाँबाट बढेर १ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तै ह्रासकट्टी खर्च ३ करोड ६५ लाखबाट घटेर ३ करोड ६१ लाख पुगेको छ । अघिल्लो आवमा ७ करोड ३४ लाख रहेको वित्त खर्च भने घटेर ४ करोड ६९ लाखमा सीमित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij