काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको मुनाफा १४ करोड २२ लाख १५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ६० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ५.६९ प्रतिशतले बढेर २१ करोड ३६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २० करोड २१ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ११ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा २० करोड ३१ लाख ६४ हजार रुपैयाँ घनात्मक देखिएको हो ।
बैंकको खराब कर्जा भने उच्च देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २०.९० प्रतिशत रहेको कम्पनीको खराब कर्जा बढेर २१.३४ प्रतिशत पुगेको हो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५.५१ प्रतिशत ऋणात्मकबाट बढेर ४८.८१ प्रतिशत घनात्मक हुन पुगेको छ भने प्रतिशेयर नेटवर्थ २२०.१३ रुपैयाँ रहेको हो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २९ करोड १३ लाख ३७ हजार रुपैयाँ रहेको छ भने ३० करोड ६२ लाख रुपैयाँ रहेको जगेडा कोष सञ्चिति बढेर ३४ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij