२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र बी एण्ड बी हस्पिटलबीच सम्झौता

नेपाल बैंक र बी एण्ड बी हस्पिटलबीच सम्झौता

1.1K
Shares
काठमाडौं-  नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा उक्त छुट हुने जनाइएको छ।
सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बी एण्ड बी हस्पिटल प्रा.लिको तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरे।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई अस्पताल द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५% छुट हुने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij