२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला इनर्जीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

सांग्रिला इनर्जीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

890
Shares

काठमाडौं – सांग्रिला इनर्जी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।

यो कम्पनी उर्जा क्षेत्रमा लगानी गर्ने गरी स्थापना भएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij