२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसइई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ परिणाम

एसइई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ परिणाम

910
Shares

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निकाल्ने तयारी गरेको छ ।

सम्पूर्ण प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर औपचारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ। यसअघि जेठ अन्तिम वा असार पहिलो सातातिर मात्रै एसइईको नतिजा प्रकाशित हुने गरेको थियो।

बोर्डले चैत १९ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन गरेको थियो । परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले सहभागी भएका थिए ।
बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij