२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर लगानीको बाटो खुला

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर लगानीको बाटो खुला

1.1K
Shares

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहले प्रचलित कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता गर्न तथा कम्पनीको सेयर खरिदमार्फत स्वामित्व लिन सक्ने व्यवस्था स्पष्ट गरेको छ ।
रजिष्ट्रारको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट आएको अनुरोधलाई आधार मानी यस्तो निर्णय गरिएको हो ।

स्थानीय तहले आफ्नो आन्तरिक कानुन निर्माण गरी आवश्यक निर्णय गरेपछि मात्र कम्पनी दर्ता तथा सेयर खरिद प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।

सूचनामा कम्पनी ऐन, २०६३ तथा सम्बन्धित प्रचलित कानुनको पूर्ण पालना अनिवार्य हुने उल्लेख गरिएको छ । कार्यालयले यस व्यवस्थाबारे सबै सरोकारवाला निकायलाई जानकारी गराउँदै कानुनी शर्त पूरा गरेर मात्र यस्तो लगानी र स्वामित्व सम्बन्धी कार्य गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij