काठमाडौं – माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा (एजीएम) सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।
सभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कम्पनीका अनुसार यसले पुँजी संरचना मजबुत बनाउनुका साथै पूँजी बजारमा प्रवेशको बाटो खुल्नेछ।
त्यस्तै, उत्पादन क्षमता विस्तार गर्ने र उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजना पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ। यसबाट उत्पादन दक्षता बढ्नुका साथै गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सभाले लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। साथै, व्यवसाय विस्तार र नयाँ उत्पादन प्रवर्द्धनलाई आगामी रणनीतिक प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्षले माउण्ट एभरेष्ट डिष्टिलरीलाई प्रतिस्पर्धी, दिगो र नवप्रवर्तनशील कम्पनीका रूपमा विकास गर्दै गुणस्तर र आधुनिक प्रविधिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, व्यवस्थापन तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij