२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिन्ध्यवासिनी हाइड्रोको खुद नाफा ७७.३२ प्रतिशतले बढ्यो

बिन्ध्यवासिनी हाइड्रोको खुद नाफा ७७.३२ प्रतिशतले बढ्यो

1K
Shares

काठमाडौं– बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा ७७.३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ७६ लाख रुपैयाँबराकरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ३१ लाख आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ३० करोड ७४ लाख कमाएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.९२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११७.४३ रुपैयाँ,र तरलता अनुपात २.९१ गुणा कायम भएको छ ।
कम्पनीको प्रशासनिक खर्च ४ करोड ४९ लाख र मर्मत तथा सम्भार खर्च १ करोड २७ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च ९ करोड ११ लाख रहेको छ । १ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ४३ लाख र कुल चालु दायित्व ६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij