काठमाडौं– नेपाली बजारमा बैशाख २५ गते सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij