काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीना (चैत मसान्तसम्म) मा ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिमा कमाएको ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफाको तुलनामा ६.२० प्रतिशतले बढेको हो।
त्यसैगरी चालू आवमा खुद ब्याज आम्दानी पनि ६.७२ प्रतिशतले बढेर २ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ जुन गत आवमा २ अर्ब ६ करोड ४२ लाख रुपैयाँ मात्रै रहको छ। कुल सञ्चालन आम्दानी पनि ७.१२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ पुगेको छ जुन गत आवमा २ अर्ब ३३ करोड २९ लाख रुपैयाँ थियो।
चालू आवमा कम्पनीको सञ्चालन मुनाफा पनि १ अर्ब २० करोड २१ लाख रुपैयाँबाट ५.६३ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँबाट ६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।
समीक्षा अवधिमा प्रतिशेयर आम्दानी भने ३५.३९ रुपैयाँबाट घटेर ३३.४१ रुपैयाँमा झर्दा खराब कर्जा पनि २.६० प्रतिशतबाट घटेर २.३२ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.९३ रुपैयाँ रहेको छ भने बेसरेट ११.७८ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४ करोड ९ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब १३ करोड ४७ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले चैत मसान्तसम्म ४४ अर्ब १० करोड ४३ लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरी ४४ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको कुल भ्यालु ५ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ नाघेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij