२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पियोर इनर्जीको नाफा बढ्यो

पियोर इनर्जीको नाफा बढ्यो

735
Shares

काठमाडौं – पियोर इनर्जी लिमिटेडको खर्चमा कमी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.९९ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले कुल १७ करोड ७१ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले कुल १८ करोड ८० लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्च भने नियन्त्रणमा राख्न सफल भएको छ । अघिल्लो आवमा १८ करोड ५ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा भने १६ करोड ५१ लाख मात्रै खर्च गरेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ६ करोड १५ लाख र कुल चालु दायित्व २१ करोड १२ लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.९४ रुपैयाँ र तरलता अनुपात ०.२९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij