२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फेडरेसन अफ क्यानडा–नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित

फेडरेसन अफ क्यानडा–नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित

780
Shares

काठमाडौं- टोरन्टोमा सम्पन्न फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए ।विगत ६ वर्षदेखि क्यानाडामा सक्रिय यो संस्थाले नेपाल र क्यानाडाबीचको व्यापारिक तथा लगानी सम्बन्ध विस्तार र समन्वयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि गठन गरेको छ । जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइँटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र सुराना चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन् । निर्वाचन अधिकृत डा. तुलसी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

निवर्तमान अध्यक्ष विजय पौडेलले संस्थालाई अझ सुदृढ बनाउन सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । नवनिर्वाचित अध्यक्ष गोकर्ण लामिछानेले संस्थालाई अनुभव आदानप्रदान र मार्गदर्शनको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij