२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

510
Shares

काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ८६ हजार ४९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij