२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ इक्विटी फण्ड–२ को बिक्री अवधि थप

सिद्धार्थ इक्विटी फण्ड–२ को बिक्री अवधि थप

745
Shares

काठमाडौं – सिद्धार्थ क्यापिटल लिमिटेडले बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ।

सो फण्डको इकाई खरिदका लागि अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री कार्य बन्द गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याएको हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

उक्त योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij