काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २७११.२२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँका सीमित भएको हो ।
यसदिन ५ उपसूचक घटेको छ भने ८ उपसूचकमा केहि सामान्य सुधार देखिएको हो । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ। कम्पनीको २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड को १६ करोड ७ लाख, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड को १४ करोड ८८ लाख, ङादी ग्रुप पावर लिमिटेड को १२ करोड ४१ लाख र अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेड को १० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij