२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु

925
Shares

काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौसंग जग्गा धनी, ऋणी र वितीय संस्थाको प्रतिनिधी समेतको भौतिक उपस्थितिमा भूमि सुधार मालपोत कार्यालयको रहोबरमा धितो बन्धकी लिखित पारित गरिदै आएकोमा अब उपरान्त उक्त कार्य पूर्ण रुपमा सूचना प्रविधिमा आधारित रही भूमि प्रशासन निर्देशिका २०८१ बमोजिम रोक्का, फुकुवा सम्बन्धि सम्पूर्ण कार्यहरु अनलाईन मार्फत सम्पन्न गर्ने भएको छ । सो कार्य गर्नको लागि नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागसंग समझदारी पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार घिमिरे र नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट महा निर्देशक शिव प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् धितो बन्धकको रोक्का तथा फुकुवा सम्बन्धि सम्पूर्ण कार्यहरु अनलाईन मार्फत संस्थाले नै गर्न सकिने छ । उक्त सुविधा यस फाइनान्सको केन्द्रिय कार्यालय मार्फत नेपाल अधिराज्य भरमा रहेको सम्पूर्ण शाखा कार्यालयहरुको समेत गर्न सकिनेछ । यो संगै फाइनान्सका ग्राहकले कर्जा उपभोग गर्दा छिटो छरितो तथा सहज रुपमा सेवा प्राप्त गर्न सक्नेछन् ।

समृद्धि फाइनान्स लिमिटेडले डिजिटल वित्तीय सेवा विस्तार गर्दै नयाँ प्रविधिहरु मार्फत ग्राहक सन्तुष्टिमा केन्द्रित सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस., आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंग लगायतका बैंकिग र मोबाइल बैंकिग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता अत्याधुनिक डिजिटल सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij