२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने अन्तिम दिन

आज माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने अन्तिम दिन

830
Shares

काठमाडौं- माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख १७ गतेदेखि १ लाख ७२ हजार कित्ता शेयर निष्काशन गरेको हो।

यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ   ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij