२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित

महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित

980
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न मतगणना अनुसार उनिहरु निर्वाचित भएका हुन्। निर्वाचित शर्मा ८७ र श्रेष्ठले ८० मत ल्याएका छन्। जिल्लानगरका अन्य उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए ।

यस्तै महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्।

मंगलबार साँझ सम्पन्न मतगणनाबाट

जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज  पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शंकर गिरी, शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्। यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी भएका छन्।

महासंघको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij