काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
निर्वाचनमा खसेको कुल मतमध्ये विजयी उम्मेदवार श्रेष्ठले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका छन्। मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् ।
विजयी हुने उमेदवारहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान,संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरेले जितेका छन् ।
४ जनाको भने मत बराबरी (५०-५० मत )भएका कारण चिठा प्रणालीबाट मत घोषणा गरिने भएको छ । चिठा प्रणालीमा गएका सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् ।
वस्तुगत समूहका महिला सदस्यङ्गँ सुनिता न्हेम्हाफुकी बिजयी भइन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij