काठमाडौं – गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४७ हजार ९२६.६५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ। किएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij