२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

630
Shares

काठमाडौँ – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले आवेदन दिएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड र एशियन कन्क्रिटो लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ भने एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण शेयरका लागि आवेदन दर्ता गराएको छ ।

भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले प्रिमियम सहित २ सय ३३ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij