२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता

1.1K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकताका लागि १५ लाख रुपियाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् ।

यस व्यवस्थाले कर्मचारीलाई एकै स्थानबाट वित्तीय आवश्यकता पूरा गर्न सहज हुने, समय बचत हुने र दुई संस्थाबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।

वि.सं. २०८३ वैशाख १६ गते बुधबार नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपालभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले आधुनिक बैंकिङ प्रविधि प्रयोग गर्दै सेवा सुधारमा जोड दिएको छ र प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij