२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

८ कम्पनीका संस्थापक सेयर खरिद गर्नेसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो यस्ता विवरण

८ कम्पनीका संस्थापक सेयर खरिद गर्नेसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो यस्ता विवरण

1.2K
Shares

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स लगायत ८ माइक्रो इन्स्योरेन्सका संस्थापक सेयर खरिद गर्नेहरूको विवरण बुझाउन भन्दै सूचना जारी गरेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्समा संस्थापक सेयर खरिद गर्नेहरूले प्रिमियम बापत कसलाई कति रकम कसरी पठाएको भन्ने विवरण विभागले मागेको हो।

यो सूचना अनुसार संस्थापक सेयर खरिद गर्नेहरूले चुक्तापुँजी बापत कम्पनीमा बुझाएको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमको विवरण विभागलाई १५ दिनभित्र बुझाउनुपर्ने छ।

‘उल्लेखित कम्पनीहरूमा संस्थापक सेयर खरिद गर्नु हुने संस्थापक सेयर खरिद गर्ने महानुभावहरूले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक,’ सूचनामा भनिएको छ, ‘अतिरिक्त शुल्क (प्रिमियम) वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम, को कस्का नाउँमा रहेको, के कति नम्बरको, के कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बुझाई दिनु भई अनुसन्धान कार्यमा सहयोग गरी दिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij