२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपकार लघुवित्तले बोलायो साधारणसभा

उपकार लघुवित्तले बोलायो साधारणसभा

840
Shares

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा जेठ १० गते आइतबार बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको लागि हकप्रद शेयर जारी गर्न, अन्य लघुवित्तसँग मर्जरमा जान तथा सोसम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकको बाँकी कार्यकाल अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ नेप्सेमा वैशाख २९ गतेसम्म कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij