२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1000
Shares

काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक  शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ५ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन भक्तपुरको लोकन्थलीस्थित संस्थाको कर्पोरेट कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij