२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक २५.८१ अंकले घट्यो

नेप्से परिसूचक २५.८१ अंकले घट्यो

760
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अकंले घटेर २७४४.४५ बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य भएको छ । वाणिज्य बैंक समूहको ०.७६ प्रतिशत, फाइनान्स समूहको ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६४ प्रतिशत, हाइड्रोपावर समूहको १.४५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै पाल्पा सिमेन्टस्को २० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij