२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल

715
Shares

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकालले पाएका छन् । अर्थ मन्त्रालयले सह सचिव ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

ढकाल यस अघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

तत्कालीन महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई बिचौलिया दीपक भट्टको कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको खुलासापछि चर्को विरोध भएको थियो । सोही विवादपछि उनलाई मन्त्रालय तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij