२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सिआईबीलाई सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सिआईबीलाई सर्वोच्चको आदेश

850
Shares

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आदेश दिएको छ ।

मंगलबार सर्वोच्चमा सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

शेखरकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । यस अघि गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij