काठमाडौं -सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेको छ । बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने पहिलो निर्णय गरेको हो ।
यस्तै, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय पनि गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij