२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो

715
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij