२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीडीएससीको कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई

सीडीएससीको कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई

1K
Shares

ककाठमाडौं– सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले गत शुक्रबारदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ । सिडिएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संशाधन प्रमुख कञ्चन सापकोटालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सिडिएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

गत शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सञ्चालक समितिलेनेप्सेकी कर्मचारी प्रविन पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । नेप्सेको सो निर्णयसँगै सिडिएससीको प्रबन्ध सञ्चालकको जिम्मेवारीबाट पनि पन्दाक मुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij