काठमाडौं -फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन्।
कम्पनीको वैशाख १२ गते शनिबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij