२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ३२ करोड

एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ३२ करोड

1K
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको नाफा (३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ) को तुलनामा ३.७१ प्रतिशतको गिरावट हो। बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा सामान्य बढेर ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ रहेको थियो।

बैंकको आम्दानीका अन्य स्रोतहरूमा पनि वृद्धि देखिएको छ। बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको छ जुन गत वर्षको तुलनामा ९.२२ प्रतिशतको वृद्धि हो। यद्यपि बैंकको सञ्चालन मुनाफा भने गत वर्षको ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँबाट ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँ कायम भएको छ।

बैंकको व्यवसायको आकारतर्फ हेर्दा चैत मसान्तसम्म बैंकले ग्राहकहरूबाट कुल ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै बैंकले २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ। बैंकको निष्कृय कर्जा (खराब कर्जा) गत वर्षको ०.६४ प्रतिशतबाट घटेर ०.६१ प्रतिशतमा झरेको छ। बैंकको बेस रेट ४.५७ प्रतिशत र सिडी रेसियो ८५.८८ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij