२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

975
Shares

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम उक्त सेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यस्तो आवेदन बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई दिनुपर्नेछ ।

निर्धारित समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij