काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनिले ५८ हजार १५६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी सुवाष भट्टराईको ४८ हजार ६५६, माधव प्र. अधिकारीको २ हजार र श्याम बहादुर गुरुङको ७ हजार ५०० कित्ता बिक्रीमा राखेको हो।
संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने प्रावधान बमोजिम कम्पनीले ३५ दिनको अवधि दिएको थियो। तर त्यस अवधिसम्म उक्त शेयर बिक्री नभएपछि अब भने सर्वसाधारणका लागि खुला गरेको हो।
शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले यही वैशाख २२ गतेभित्र काभ्रेपालञ्चोकको बनेपा–१० स्थित नेशनल लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ। आवेदन बैंकिङ्ग समयभित्र दिइसक्नु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij