काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफरिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैशाख ८ को निर्णयअनुसार डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका छन्।
डा.गुणाकर भट्टको संयोजकत्वममा बनेको समतिले तीन जनाको नाम सिफारिस गर्नेछ र सरकारबाट एक जनालाई चार बर्षे कार्यकालको लागि अध्यक्ष नियुक्त गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij