काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २७८८.७० बिन्दुमा कायम भएको छ। आज ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।
६ उपसूचक राताम्य भएको छ भने ७ उपसूचक ओरालो लागेको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij