काठमाडौं– नेपाली बजारमा बैशाख ११ गते शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्रीकारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँ खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij