२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक १७.०१ अंकले घट्यो

नेप्से परिसूचक १७.०१ अंकले घट्यो

815
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अकंले घटेर २७८७.१५ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचकमा राताम्य आएको छ । आज होटल तथा पर्यटन समूहको १.४२ प्रतिशत, निर्जीवन बीमा समूहको १.१९ प्रतिशत, फाइनान्स समूहको १.०६ प्रतिशत र हाइड्रो समूहको १.०५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्यमा स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोलाको२६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij